ओली कम्युनिष्ट पार्टीका भगौडा हुन् : खनाल
९ माघ २०७७, शुक्रबार १५:१९
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले जबसम्म घुँडा टेक्दैनन् तबसम्म आन्दोलन जारी राख्ने बताएका छन्। प्रतिनिधि सभा विघटनविरुद्ध काठमाडौँमा आयोजित बृहत विरोध सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता खनालले सो कुरा बताएका हुन् ।
‘केपी ओली प्रतिगनकारी र कम्युनिस्ट आन्दोलनका घातक तत्त्व हुन्’, खनालले भने, ‘जबसम्म प्रतिगमन सच्चिदैन, केपी ओलीले घुँडा टेक्दैनन् तबसम्म आन्दोलन रोकिँदैन । उनले प्रतिनिधि सभा विघटन गर्ने ओलीको कदमलाई उनले राजनीतिक कदम भनेपनि त्यो घटना राजनीतिक हुनै नसक्ने दावी गरे । ओलीलाई पार्टी अध्यक्षबाट हटाइसकिएको र पार्टीबाट निष्कासन गर्ने तयारी रहेको बताए।
उनले निर्वाचन आयोगले पनि प्रचण्ड र माधव नेपाल अध्यक्ष रहेको नेकपालाई नै आधिकारिकता दिनेमा दुईमत नरहेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया