मुख्यमन्त्री पोखरेलका कार्यकर्ता उनकै सम्धीले कांग्रेसमा भित्र्याए, नेकपामा खैलाबैला – Nagarikabhiyan : National News

मुख्यमन्त्री पोखरेलका कार्यकर्ता उनकै सम्धीले कांग्रेसमा भित्र्याए, नेकपामा खैलाबैला

दाङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का झण्डै दुई सय नेता कार्यकर्ताहरू कांग्रेस प्रवेश गरेका छन् ।

दाङको घोराही उप–महानगरपालिकाको वडा नं. १२ को हापुरमा बिहीबार आयोजित कम्युनिस्ट सरकार विरोधी कार्यक्रम उनीहरु पार्टी प्रवेश गरेका हुन् ।

नवप्रवेशीलाई नेपाली कांग्रेस दाङका नेता भरतबहादुर न्यौपानेले स्वागत गरेका हुन् ।

रोचक कुरा के छ भने, कांग्रेस प्रवेश गर्नेहरू लुम्विनी प्रदेशका मुख्यमन्त्री एवम् नेकपाका नेता शंकर पोखरेल र नेकपाका अर्का नेता कृष्णबहादुर महराका स्थानीय नेता कार्यकर्ताहरू हुन्  ।

यस्तोमा पार्टी प्रवेश गराउँने कांग्रेस नेता न्यौपाने र मुख्यमन्त्री पोखरेल नाताले सम्धी पर्छन् ।