नेपालीका लागि भारतले गर्याे चमत्कार, मित्रराष्ट्र होस त यस्तो !
८ माघ २०७७, बिहीबार १८:३७
काठमाडौं । भारत सरकारले कोरोना भाइरसको माहामारीको संकटमा रहेको नेपाललाई निशुल्क कोरोना खोप उपलब्द गराएको छ । कोरोनाविरुद्धको दश लाख मात्रा खोप अनुदानस्वरुप उपलब्ध गराएको हो।
विश्वभरका धनी मूलुकहरुले आफ्ना नागरिकका लागि खोप खरिद गरिरहेका बेला भारतले भने नेपाललाई निशुल्क उपलब्ध गराएको हो । भारतले यो कदमलाई प्रशंसा गर्दै कतिपय मानिसले भारतले नेपालका लागि ठूलो योगदान गरिदिएको भन्दै मित्रराष्ट्र भारतको प्रशंसा गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले आज प्रधानमन्त्री निवासमा आयोजित एक सङ्क्षिप्त कार्यक्रममा उक्त खोप हस्तान्तरण गरेका हुन्।
त्यस अवसरमा प्रधानमन्त्री ओलीले उदारतापूर्वक नेपाललाई अनुदानमा खोप प्रदान गरेकामा आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदी, भारत सरकार र त्यहाँका जनताप्रति हार्दिक आभार व्यक्त गरेका छन्। “आफ्नै नागरिकलाई खोप लगाउनुपरेको सङ्कटपूर्ण घडीमा दश लाख मात्रा खोप उपलब्ध गराएकामा कृतज्ञता ज्ञापन गर्दछु”, उनले भने।

फेसबुकबाट तपाईको प्रतिक्रिया