प्रधानमन्त्री र अमेरिकी राजदूत भेट
८ माघ २०७७, बिहीबार १६:४७
काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीलेआज प्रधानमन्त्री केपी ओलीसँग शिष्टाचार भेट गर्नुभएको छ । आज विहान राजदूत बेरी प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको थियो ।
अमेरिकाको राष्ट्रपतिमा जो बाइडेनले हिजोमात्र सपथ लिनुभएको छ । त्यसपछि आज अमेरिकी राजदूत प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुग्नुभएको हो ।
त्यस अवसरमा उहाँहरुबीच अमेरिकामा नयाँ राजनीतिक नेतृत्वको आगमन र नेपाल अमेरिका सम्बन्धका बारेमा कुराकानी भएको बालुवाटार स्रोतले बताएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया