पश्चिम सेती जलविद्युत परियाेजनामा ओलीले डुबाए, जनताले गरे यस्तो घोषणा !
७ माघ २०७७, बुधबार १९:५६
काठमाडौं । राष्ट्रिय गौरवको पश्चिम सेती जलविद्युत परियोजनाका प्रभावित स्थानीयलाई प्रधानमन्त्री केपी शर्मा ओली सरकारको आश्वासनले उल्झनमा डुबाएको छ ।
आयोजना सम्पन्न गर्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता पनि आश्वासनमै सिमित हुने देखिएपछि सुदुरपश्चिम प्रदेशबासीले दबाब मुलुक प्रदर्शन गर्ने घोषणा गरेका छन् ।
प्रधानमन्त्री ओलीले गत पुस २४ गते धनगढीमा आयोजना गरिएको नेकपाको जनसभालाई सम्बोधन गर्दै वषौँदेखि अलपत्र पश्चिम सेती जलविद्युत परियोजनामा लगानी जुटाएर छिट्टै अगाडी बढाउने प्रतिबद्धता दोहोर्याएका थिए । तर यो प्रतिवद्धता जनातले पत्याएका छैनन् ।
करिब ४ दशकदेखि चर्चामै सिमित पश्चिम सेती प्रभावित क्षेत्रका विकास निर्माणका काम पनि ठप्प रहेका छन्। तर सरकारले भने लगानी जुटाउन कुनै प्रक्रिया समेत थाल्न सकेको नसकेको हो।
आयोजनका प्रभावितलाई उचित मुआब्जा दिनेकुरा समेत ओझेलमा परेको छ । राष्ट्रिय गौरवकै आयोजना यसरी अलपत्र पर्नुले प्रधानमन्त्री ओलीको सरकारमाथि खासगरी सुदुरपश्चिमबासीको चर्काे आलोचना बढ्न थालेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया