न्यायका लागि पहल गरि दिन भन्दै इन्सेकमा निवेदन – Nagarikabhiyan : National News

न्यायका लागि पहल गरि दिन भन्दै इन्सेकमा निवेदन

इनरुवा ।  सुनसरीको देवानगञ्ज गाउँपालिका ३ कप्तानगञ्जकी २५ वर्षिया सुनिता मेहताले आफू माथि कुटपिट र जबरजस्तीको प्रयास भएको भन्दै न्यायका लागि पहल गरि दिन भन्दै इन्सेक सुनसरी प्रतिनिधि कहाँ निवेदन दिनुभएको छ ।

मेहताले गाउँमा जग्गाको विवादलाई लिएर आफ्नो घरमा प्रवेश गरी देवानगञ्ज गाउँपालिका ३ कप्तानगञ्जका ५५ वर्षिय प्रमेश्वर मेहता, ६० वर्षिय बलराम मेहता , २५ वर्षिय चन्दन मेहता र २३ वर्षिय कुन्दन मेहता सहितकाले आफू माथि बैशाख ११ गते घरमा पसेर कुटपिट र जबरजस्तीको प्रयास भएको भन्दै न्यायका लागि पहल गरि दिन भन्दै इन्सेक सुनसरी प्रतिनिधि कहाँ निवेदन दिनुभएको हो ।

आफू माथि आक्रमण गर्नेहरुले आफ्नो सारी चोलो च्यातेर तिर्घा र सम्बेदनशिल अंगमा चिथोरेको, हेलिमेण्टे कुट्दा दातमा चोल लागेको , कान दुवैमा निलडाम परेको तथा योनीबाट रगत समेत बग्ने गरी कुटेको बताउनुभयो ।

यतीको घटना हुदाँ समेत आफूलाई न्यायको साटो पती जयप्रकास मेहतालाई प्रहरीले उल्टै झग्डा किन गरेको भन्दै पक्राउ गरेर प्लास्टीकको पाईपले कुटेको र आफू रक्तामे भएपनि महिला प्रहरीले हेरेपछि एम्बुलेन्समा कोशी अञ्चल अस्पतालमा उपचार गराएको पीडितको भनाई छ ।

कोशी अञ्चल अस्पतालमा दुई दिन उपचार गराएको रिर्पोट समेत देखाउदै आफूलाई अन्याय भएकाले न्यायका लागि पहल गरि दिन भन्दै इन्सेक सुनसरी प्रतिनिधि कहाँ निवेदन दिनुभएको हो ।

पीडित मेहताले तीन महिनादेखी महिनाबारी नभएकाले गर्भ समेत रहेको आशंका गर्दै गर्भपतन भएको दावी गरेपनि गर्भ पतन भने नभएको स्थानीयहरुले बताएका छन । पीडितले प्रहरीमा दुई वडा निवेदन दिएपनि कुनै सुनुवाई नभएको आरोप लगाएको छ । प्रहरी प्रवक्ता विनोद शर्माले भने घटनाको बारेमा बुझ्नै पर्ने प्रतिकृया दिनुभयो ।