शनिदेव धामका साधुसन्तलाई न्यानो लुगा प्रदान
४ माघ २०७७, आईतवार १९:१५
राजविराज । चुरेभावरको काखमा अवस्थित शनिदेवधाममा रहेका साधुसन्तका लागि एक संस्थाले जाडोबाट जोगिन शनिवार न्यानो कपडा बितरण गरेको छ ।
मनमोहक दृष्यले भरिपूर्ण पूर्व–पश्चिम राजमार्गअन्तर्गत वीरेन्द्र बजारदेखि करिब तीन किलोमिटर उत्तरतर्फको चुरे जङ्गलमा अवस्थित उक्त शनिदेव धाममा रहेका पुजारी साधुसन्तको लागि शिव इन्र्टनेश्नल बोडिङ स्कुलले न्यानो कपडा बितरण गरेको जिवछ दासले जनकारी दिनुभयो ।
त्यहाँ रहेका करिब १० जना साधुसन्तलाई ब्याङकेट ३ पीस,झुल ३ पीस,ताना(बैड औछयान) ५ पीस। फिलो ३ पिस, दसना र ३ पिस तकिया लगायतका न्यानो लुगा बितरण गरिएको एन प्याप्सन सप्तरीका अध्यक्ष तथा शिव बोडिङ स्कुलका प्रिन्सीपल नरेशप्रताप साहले जानकारी निुभयो ।
निजी श्रोतबाट खरिद गरिएका न्यानो लुगा अहिले तराईमा बढेको चिसोका कारण प्रभावित रहेका साधुसन्तलाई उक्त न्यानो लुगा दिएको छ । साथै उनीहरुलाई एक दिन भोजनको समेत ब्यवसथा गरिएको थियो ।
सो क्रममा शनिदेव धामका पुजारी भुपेन्द्र यादव,नियमित भक्त एवम संचारकर्मी जिवछ दासको उपस्थितमा साधु शंकर चौरसियालाई उक्त न्यानो लुगा प्रदान गरिएको थियो ।
शनिदेव धाममा आन्तरिक पर्यटकको संख्यामा निकै बृद्धि भएको छ । धार्मिक पर्यटकहरुको यहाँ बिहानै देखि घुइँचो लाग्ने गरेको छ ।
मनमोहक दृष्यले भरिपूर्ण पूर्व–पश्चिम राजमार्गअन्तर्गत वीरेन्द्र बजारदेखि करिब तीन किलोमिटर उत्तरतर्फको चुरे जङ्गलमा अवस्थित उक्त शनिदेव धाममा नेपाल र भारतका दैनिक हजारौँ धार्मिक पर्यटक आउने गरेका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया