दुई स्वास्थ्य चौकीलाई पानी शुद्धा गर्ने फिल्टर प्लान्ट हस्तान्तरण – Nagarikabhiyan : National News

दुई स्वास्थ्य चौकीलाई पानी शुद्धा गर्ने फिल्टर प्लान्ट हस्तान्तरण

राजविराज । सप्तरी समुदायिक विकास केन्द्र नेपालले दुई स्वास्थ्य चौकीमा पानी शुद्धा गर्ने फिल्टर प्लान्ट हस्तान्तरण गरेको छ ।

युनिसेफ र एनसीभीको आर्थिक सहयोगमा सप्तरी सामुदायिक केन्द्र नेपालद्वारा सञ्चालित कोभिड १९ पूर्वतयारी तथा प्रतिकार्य परियोजना अन्तर्गत उक्त पानी शुद्धा गर्ने फिल्टर प्लान्ट प्रदान गरिएको हो ।

जिल्लाको रुपनी गाउँपालिका वडा नं. ६ स्थित तेरहौता तथा शम्भुनाथ नगरपालिका ८ स्थित भंगहा स्वास्थ्य चौकीमा सो फिल्टर प्लान्ट हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष शम्भुनन्द चौधरीले जानकारी दिनुभयो ।

क्वारेन्टाइन र आइसोलेशन तथा स्वास्थ्य उपचार केन्द्रहरूमा खानेपानी, सरसफाई, स्वच्छता व्यवस्थापन, पुर्वाधार मर्मत सम्भार तथा नयाँ निर्माण र पानी शुद्धिकरणका लागि फिल्टर प्लान्ट हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष चौधरीले बताउनुभयो ।

सो अवसरमा भंगहा स्वास्थ्य चौकीका प्रमुख, रुपनी गाउँपालिका अध्यक्ष हरेराम यादव र प्रमुख प्रशासकिय अधिकृत रेनुका साह, वडा अध्यक्ष लक्ष्मिकान्त चौधरी, एनसीभी नेपालका अध्यक्ष गौतम यादव लगायतको सहभागिता रहेको थियो ।