विष्णु पौडेललाई प्रचण्डपक्षले गर्यो कारबाही, ओली अर्काे फन्दामा! – Nagarikabhiyan : National News

विष्णु पौडेललाई प्रचण्डपक्षले गर्यो कारबाही, ओली अर्काे फन्दामा!

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको माधव–प्रचण्ड समूहले  महासचिव पदबाट विष्णुप्रसाद पौडेललाई हटाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टिकरण दिन माग गरेको छ । पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले पौडेललाई महासचिव पदबाट हटाउँदै ओलीले स्पष्टिकरण दिन ताकेको हो ।

पार्टी अनुशासन विपरीत काम गर्न नछोडेकाले किन साधारण सदस्यबाट समेत किन नहटाउने भन्ने स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । संसद् विघटनपछि प्रचण्ड–माधव समूहले अध्यक्षबाट ओलीलाई अध्यक्ष पदबाट पुस ७ मै हटाएको थियो । य

द्यपि उनी केन्द्रिय सदस्य कायम थिए । तर, ओलीलाई साधारण सदस्यबाट समेत किन नहटाउने भन्ने स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।

बैठकले माघ १६ गते बृहत जनप्रदर्शन गर्ने निर्णय गरेको छ । शहीद दिवसको अवसर पारेर जनप्रदर्शन गर्ने निर्णय गरेको स्थायी कमिटी सदस्य बेदुराम भुसालले बताए ।