तराई मधेसमा चिसो बढयो
२ माघ २०७७, शुक्रबार ११:१५
राजविराज । तिन चार दिनदेखि तराई मधेसमा एक्कासी बढदै गएको चिसो हावाका कारण जाडो बढदा जनजीवन कष्टकर बन्दै गएको छ ।
एक्कासी वातावरणमा परिवर्तन आएर चिसो हावा सँगै शितलहर बढेका कारण तराई मधेसका जिल्लाहरुमा जाडो बढेका हुन ।
तिन÷चार दिनदेखि तराईको क्षेत्रमा बढदै गएको शितलहरले मानवजीवन सँगै गाई–गोरु, खसी–वाख्रा, भैसी जस्ता घरपालुवा जनावरलाई पनि थप्प असर परेका कारण कष्टकर देखिएको छ ।
तराई बासिले केही दिनदेखि सूर्यका किरण नउदाउदा घामको अनुभुति समेत पाइएको छैनन् । संध्याकालदेखि बिहान ९–१० बजे सम्म बाक्लो कुहिरो लाग्ने गरेको समेत पाइएका छ ।
बाक्लो कुहिरो लागेका कारणले पुर्व–पश्चििम राजमार्ग र साहायक मार्गको सडकमा आवतजावत गर्ने सवारी चालकहरुले बाटो हेर्न नसकेर सडक दुर्घटना हुने खतरा समेत बढेको ट्रक चालक किरपानन्द यादवले बताउनुभयो ।
विगत वर्षहरुमा कुहिरो लाग्ने समयको भन्दा यो वर्ष फरक रहेको छ । प्रायः पौष महिनाको प्रारम्भ मै अर्थात अन्तिम डिसेम्वर देखि जनवरी सम्म कुहिरो लाग्ने गर्दथ्यो । तर यो वर्ष चाही पुसको अन्तिम र माघको पहिलो हप्तामा बाक्लो कुहिरो लागेको हनुमाननगर कंकालनी नगरपालिका वडा नं. २ का बृद्ध गोसाई मंडलले बताउनुभयो ।
अहिले बढेको चिसोका कारण ग्रामिण क्षेत्रका मानिसहरुले आ–आफ्ना जिउलाई न्यानो पार्न आगोको सहारा लिन बाध्य रहेको देखिएको छ ।
अहिले जतात्यतै दाउरा बालेर जिउलाई न्यानो पारिरहेको अवस्था छ । पशुपालक किसानहरुलाई गाई भैसी, भेडा–बाख्राका लागि घाँसपात चराहरु ल्याई खान दिने कार्यमा समस्या परेको पशुपालक किसानहरु बताउँछन । अझ त गरिव विपन्न अर्थात दैनिकी मजदुरी गरी खाने मानिसहरुलाई रोजगारी गर्न समेत समस्या परेको जनाइएको छ ।
पुसको तेश्रो हप्ता समयसम्म न्यानोको अनुभूति गर्दै आएको अवस्थामा पुसको अन्तिममा एक्कासी मौसममा परिवर्तन भई चिसोपन बढनाले खासगरी ग्रामिण भेगका जनताहरुमा जनजीवनमा वढी प्रभाव पारेको छ ।
ग्रामिण क्षेत्रमा बसोवास गर्ने सर्वसाधारण किसान, खेतीमा काम गर्ने मजदुर, पशुपालक वर्ग लगायतमा जाडोको असर वढी परेको छ । यस्ता वर्गका मानिसहरुलाई दैनिकी कामकाजमा अवरोध भएका कारण गरिव परिवारहरु बिच्चलीमा परेको छ । उनीहरु काम गर्न नपाएर एक छाक टार्न समेत धोधो भइरहेको मजदुरहरुको गुनासो छ । –––
चिसोबाट जोगिन दाउरा बितरण
तिन÷चार दिन देखि बढिरहेको शितलहरले जनजिव प्रभावित भएको भन्दै आज यहाँ स्थानिय प्रशासनले दाउरा बितरण गरेको छ ।
हाल बढिरहेको शितलहरले गर्दा सदरमुकाम राजविराज आउने मानिसहरूलाई चिसोले गर्दा कष्ट भोगदै आएकाहरुलाई आगोवालनको लागि दाउरा बितरण गरिएका हुन ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी हरिशंकर आचार्यको नेतृत्वमा गजेन्द्रनारायण सिंह अस्पताल,गजेन्द्र चौक,अदालत अगाडि ,रुपनी मोड र खानेपानी चौकमा सुकेको दाउरा बाल्न व्यवस्था मिलाएको सप्तरी युथ नेपालको कोषाध्यक्ष बिष्णु यादवले जानकारी दिनुभयो ।
दाउराको व्यवस्था गरिएकाले शितलहरबाट बच्न सदरमुकाम आउने मानिसहरुलाई समेत केही राहत हुने गरि स्थानिय प्रशासनले दाउरा व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
जेष्ठ नागरिक प्रदेश न २ का अध्यक्ष शंकर शारद, सप्तरी जिल्ला अध्यक्ष तथा बरिष्ठ पत्रकार शिव हरि भट्टराई ,बैजनाथ झा र सप्तरी युथ नेपालको कोषाध्यक्ष बिष्णु यादवको उपस्थितिमा सुकेको दाउरा बालेर आगो ताप्ने व्यवस्था मिलाएको युथ नेपालले जनाएको छ ।
शितलहर उत्पन्न प्रकोप उद्धार कार्यका लागी यो ठूलो महत्व राख्ने बिश्वासले सुकेको दाउराको व्यवस्था गरिएको सप्तरी युथ नेपालले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया