साढे गोरुको आक्रमणबाट महिलाको मृत्यु – Nagarikabhiyan : National News

साढे गोरुको आक्रमणबाट महिलाको मृत्यु

राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा साढे गोरुको आक्रमणबाट आज बिहान एक जना महिलाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरिक्षक भुवनेश्वर साहका अनुसार छिन्नमस्ता गाउँपालिका वडा नं.२ बस्ने ८० बर्षीया दुर्गीदेवी साहको आफ्नै घर अगाडी बाटोमा हिडी रहेको अवस्थामा सार्वजनिक रुपमा छाडिएको साढे गोरुले पछाडीबाट हान्दा मृत्यु भएको हो ।

साढेगोरुको आक्रमणबाट घाईते भएका उनलाई तत्काल उपचारको लागी राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरी नायव उपरिक्षक साहले जानकारी दिनुुभयो ।

यता मृतक शवलाई गजेन्द्र नारयाण सिँह अस्पतालको शव गृहमा सुरक्षित राखिएको र घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कायाृलयले जनाएको छ ।