कार्यालयको काम छाडेर छायांकनमा व्यस्त वडा अध्यक्ष कामत,ओझेलमा जनताको काम ! – Nagarikabhiyan : National News

कार्यालयको काम छाडेर छायांकनमा व्यस्त वडा अध्यक्ष कामत,ओझेलमा जनताको काम !

विराटनगर।  विराटनगर महानगरपालिका ६ का वडा अध्यक्ष बिजय कामत कार्यालयको काम छाडेर गीत छायांकनमा व्यस्त रह्ने गरेको आरोप पटक पटक लाग्ने गरेको छ ।

आज सोमबार पनि वडाको काम गराउन पुगेका स्थानीयहरु वडा अध्यक्ष कामत कार्यालयमा नभएको जानकारी पाए पछी नागरिक अभियानलाई सम्पर्क गरे । नाम नखुलाउने शर्तमा सो स्थानीयले वडा अध्यक्ष कार्यालय भन्दा यस्तै छायांकनहरुमा व्यस्त हुने गरेको जानकारी दिए । उनले वडा अध्यक्षको जिम्मेवारी पाए देखि हालसम्म आफ्नो जिम्मेवारी पूरा नगरेको बताए ।

वडाका एकजना वडा सदस्यले समेत सुरुवाती समयदेखि नै अध्यक्षको यहि रवैया रहेको जानकारी गराए । उनले जनताको काम कहिले पनि अध्यक्ष कामतको प्राथमिकतामा नपरेको जानकारी दिए । उनले अध्यक्ष कामतले प्रायः जसो गीतको छायांकनमा सरकारी गाडीको प्रयोग गर्ने गरेको समेत बताए ।

यता अध्यक्ष कामतलाई सो विषयमा बुझ्न सम्पर्क गर्न खोज्दा मोबाइलमा फोन लागेन । उनले आफ्नो समाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै गीतको सुटिङमा भएको जानकारी सार्वजनिक गरेका छन् ।
जनताले जिताएको वडा अध्यक्ष जनताकै काममा जिम्मेवार हुन नसक्नु दु:खद भएको जन गुनासो उठ्न थालेको छ ।