मर्स्याङ्दीमा ट्रक खस्यो
२६ पुष २०७७, आईतवार २०:४३
लमजुङ। मर्स्याङ्दी गाउँपालिका ४ जगत्बाट डुम्रे –बेँसीशहर –चामे सडकअन्तर्गत मर्स्याङ्दी नदीमा मालवाहक ट्रक खसेको छ ।
बेँसीशहर नगरपालिकाबाट मनाङतर्फ जाँदै गरेको ग १ ख ५१२४ नम्बरको ट्रक ब्रेक फेल हुँदा नदीमा खसेको हो । ट्रकका चालक तथा सहचालक भने सकुशल रहेको र नाम खुल्न भने बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनालगत्तै प्रहरी घटनास्थल पुगेको थियो । ट्रक भने तत्काल नदीबाट निकाल्न नसकिने प्रहरीको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया