प्रधानमन्त्रीको सामना गर्न डरायो प्रचण्ड-नेपाल समूह, ओली आउने भएपछि नारायणकाजीसहित सांसदहरुको भागाभाग ! – Nagarikabhiyan : National News

प्रधानमन्त्रीको सामना गर्न डरायो प्रचण्ड-नेपाल समूह, ओली आउने भएपछि नारायणकाजीसहित सांसदहरुको भागाभाग !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार राष्ट्रिय सभा बैठकलाई सम्बोधन गरे ।

बैठकमा नेकपा कांग्रेस जसपा सबै दलका सांसद थिए । प्रतिनिधिसभा विघटनपछि नेकपाभित्र अलग समूहको रुपमा देखिएको प्रचण्ड-नेपाल समूह भने उपस्थित थिएन । पछिल्ला दिनमा प्रधानमन्त्रीले प्रचण्ड-नेपाल समूहप्रति आक्रामक छन् । आजको राष्ट्रिय सभा बैठकमा आएका प्रधानमन्त्रीलाई प्रश्न सोधेर र्याेख र्याआख्ती पार्ने अवसर दाहाल नेपाल समूहका सांसदहरुलाई थियो ।

तर प्रधानमन्त्रीले सम्बोधन गर्ने भनेपछि दाहाल नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठ सहित राष्ट्रिय सभा सदस्यहरु बैठकमै उपस्थित भएनन् ।

एक हिसाबले प्रधानमन्त्रीको सामना गर्न उनीहरु डराए । होइन भने बैठकमा उपस्थित भएर ओलीको हुर्मत लिन सक्थे । दाहाल-नेपाल समूहका राष्ट्रियसभा सदस्य वेदुराम भुसालले पार्टीमा सल्लाह गरेरै बैठकमा नगएको बताए । सल्लाहमै नजानु भनेको प्रधानमन्त्रीलाई फेस गर्न नसक्नु भएको विश्लेषकहरु बताउँछन् ।