आफ्नै गृहजिल्लामा लखेटिइन् पद्मा अर्याल
२५ पुष २०७७, शनिबार २०:१२
स्याङ्जा। कृषी मन्त्री पद्मा कुमारी अर्याल आफ्नै गृहजिल्लामा लखेटिएकी छन् ।
नेकपा ओली समूहको कार्यकर्ता भेलालाई सम्बोधन गर्न गृह जिल्ला आएकी मन्त्री अर्याल तरुणदल तथा नेविसंघले कालोझण्डा देखाएका हुन् ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यक्रम अनुसार भइरहेको विरोध प्रदर्शनमा मन्त्री अर्याललाई कांग्रेसका कार्यकर्ताहरुले कालोझण्डा प्रदर्शन गरेका हुन् ।
सो क्रममा मन्त्री अर्याल मुल बाटोको विरोधसभालाई छल्दै भित्रीबाटोबाट नेकपाले आयोजना गरेको कार्यक्रमस्थलमा गएकी थिइन्
कालोझण्डा देखाउने तरुण दल तथा नेविसंघका नेता कार्यकर्ता र प्रहरीबीच सामान्य झडपसमेत भएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया