ओलीले पाए दुर्याेदनको उपमा, नयाँ नाम पनि ताेकियाे !
२५ पुष २०७७, शनिबार १८:४४
सिरहा। नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्डमाधव समूहका अध्यक्ष माधकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुर्योधनको उपमा दिएका छन् । नेता नेपालले ओलीलाई दुर्याेधनको संज्ञा दिँदै झुट, अहंकार र घमण्डको दोश्रो नाम ओली भएको बताएका छन् ।
शनिबार सिरहाको बस्तिपुरमा जय गोविन्द साहको ३१ औँ स्मृतिसभामा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले ओलीको आलोचना गरेका हुन् ।
अध्यक्ष नेपालले ओलीलाई आफूहरुले सुधार्नको लागि अन्तिमसम्म प्रयास गर्दा पनि आफूहरुले सुधार्न नसकेको बताए ।
उनले ओली दुर्योधन जस्तै रहेको बताउँदै उनले भने, ‘युधिष्ठिर भएपछि धर्मको शासन हुन्छ, तर दुर्योधनको शासन भएपछि पुरा वशंकै नाश हुन्छ । केपी ओलीमा भस्मासुर प्रवृति हो, कहिले कसलाई भस्म गर्ने हो, थाहा छैन् ।’
ओली पुँजीवादीको बाटोमा हिडेर समाजवाद आउछु भन्नू बेतुकको गफ रहेको भन्दै उनले ओली कम्युनिष्ट आन्दोलन बिर्सिकेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया