करेन्ट लागेर हात्तीको मृत्यु
२५ पुष २०७७, शनिबार १७:३५
राजविराज । सप्तरीको खडक नगरपालिका वडा नं. ४ अमहामा आज बिहान करेन्ट लागेर एउट हात्तीको ज्यान गएको छ ।
दैनिकरुपमा हाती आउने गरेकोले रातीको समयमा स्थानियले हात्ती धपाउनका लागि बिछाइएको बिद्युतीय तारमा करेन्ट गरेर बिद्युत प्रवाह भई भाले हात्तीको मृत्यु भएको डिभिजन वन कार्यालय सप्तरीका रेन्जर लक्षमण साफिले जानकारी दिनुभयो ।
कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीले खडक नगरपालिकाको बस्तीमा पस्ने क्रममा हात्तीको करेन्ट लागेर मृत्यु भएको स्थानिय दिनेश चौधरीले जानकारी दिनुभयो ।
यसैबिच हात्तीको मृत्युको घटना बारे बुझन आज बिहान कोशी टप्पु वन्यजन्तु आरक्षबाट एक टोली त्यहाँ आउन लागिएको डिभिजन वन कार्यालय सप्तरीका रेन्जरले साफीले बताउनुभयो ।
कोशी टप्पु वन्यजन्तु आरक्षबाट दैनिक आउने हात्तीका कारण सो क्षेत्रका बासीन्दा रातभर जागराम बस्नुपर्ने बाध्यता छ ।
उक्त क्षेत्र मात्र नभई जिल्लको पश्चिमी,उत्ततरी र पुर्व भेगमा समेत कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्कीने हात्तीका कारण दैनिक हात्ती आतङ बढेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया