काठमाडाैंबाट दुईजना चिनियाँ नागरिक पक्राउ
२३ पुष २०७७, बिहीबार १८:४५
काठमाडौं । प्रहरीले दुई चिनियाँ नागरिक सहित चार जनालाई अपहरण एवं बन्दक बनाएको अभियोगमा पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चीनको सान्दोङ्ग छिन्दिय घर भइ ठमेल बस्ने राहदानी नम्बर ईबी ७८४९४२८५ वाहक वु चाओ, चीनको आङ्गखोई उहु घर भइ ठमेल बस्ने राहदानी नम्बर ईओ ९८०९६३६ भएका झाङ विई रहेका छन् ।
त्यस्तै बाँकी दुई जनामा सिन्धुपाल्चोकको भोटेकोशीका माइला भनिने भक्ते लामा र दावा पासाङ लामा रहेका छन् । प्रहरीले बुधबार चारै जनालाई ठमेलबाट पक्राउ गरेको हो ।
काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी अशोक सिंहका अनुसार उनीहरुले चिनियाँ नागरिक लिई विइपिङ र लि जिओनिङलाई अपहरण गरेको भन्दै किटानी जाहेरी परेको थियो । उनीहरुले १९ कात्तिकमा गौशालाको तिलगंगामा रहेको आनन्द होटलबाट दुई जनालाई अपहरण गरेको जाहेरीमा उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया