अर्थ मन्त्रालयका सहसचिव शर्मा वाणिज्य बैंकको अध्यक्षमा चयन
२३ पुष २०७७, बिहीबार १७:१०
काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्मा चयन भएका छन् ।
वाणिज्य बैंक सञ्चालक समितिको बैठकले शर्मालाई अध्यक्ष चयन गरेको हो । आज नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट पद तथा गोपनीयताको सपथ शर्माले लिए ।
शर्मा अर्थ मन्त्रालयको प्रतिनिधिका रूपमा वाणिज्य बैंक सञ्चालक समितिका सदस्य थिए । तत्कालीन अर्थमन्त्री डा.युवराज खतिवडाले उपप्रधानमन्त्री ईश्वर पोखरेलका सम्धी प्रा.डा.उपेन्द्र कोइरालालाई वाणिज्य बैंक सञ्चालक समितिको सदस्य नियुक्त गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया