राष्ट्रपति समक्ष प्रधानमन्त्रीद्वारा वार्षिक प्रतिवेदन प्रस्तुत
२३ पुष २०७७, बिहीबार १६:३५
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रस्तुत गरेका छन् ।
आज आर्थिक वर्ष २०७६-०७७ मा नेपाल सरकारले गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष उनले प्रस्तुत गरेका हुन् ।
संविधानको धारा ५३ बमोजिम राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा तथा सुशासन (व्यवस्थापन तथा संचालन) ऐन २०६४ को दफा ४१ बमोजिम प्रधानमन्त्रीले वार्षिक प्रतिवेदन पेश गरेका छन् ।
प्रधानमन्त्रीले राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०७६-०७७ को वार्षिक प्रतिवेदन पनि राष्ट्रपति समक्ष पेश गरेका हुन् । राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्रीले संविधानको २६६ को उपधारा (३) बमोजिम राष्ट्रिय सुरक्षा परिषदको आर्थिक वर्ष २०७६र०७७ को वार्षिक प्रतिवेदन बुझाए ।द नेपालटप

फेसबुकबाट तपाईको प्रतिक्रिया