प्रधानमन्त्री ओली शुक्रबार धनगढी जाँदै
२३ पुष २०७७, बिहीबार १३:१९
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रवार धनगढी जाँदैछन् ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको चौथो विस्तारित बैठकलाई सम्बोधन गर्न ओली धनगढी जाने भएका हुन् । बुधवार नेकपाको ओली समूहको प्रदेश कमिटीको चौथो विस्तारित बैठकले प्रदेश कमिटी विस्तार गरी ५५१ सदस्यीय बनाएको थियो । उक्त बैठकले प्रदेश संयोजक उद्योगमन्त्री समेत रहेको नेकपा स्थायी कमिटी सदस्य लेखराज भट्ट चयन भएका छन् । भोलीको बैठकलाई प्रधानमन्त्री ओलीले प्रमुख वक्ताका रूपमा राजधानी बाहिर पहिलोपटक धनगढीमा हुने जनसभालाई संबोधन गर्न जान लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी गराएका छन् । त्यस्तै उक्त कार्यक्रमलाई भव्यताका साथ सफल पार्न योजनाबद्द ढंगले जनपरिचालनमा जुट्ने निर्णय गरेको समेत उल्लेख गरिएको छ ।
त्यस्तै बुधवारको बैठकले पार्टीको खाताबाट ३० लाख नगद झिकेर हिनामिना गरेको भन्दै नेकपा स्थायी कमिटी सदस्य भीम रावल पिएचडीलाई कारबाही गर्न सिफारिस समेत गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया