‘संवैधानिक परिषदले बनाएको प्रधानन्यायाधिश प्रधानमन्त्रीप्रति वफादार हुनु पर्दैन श्रीमान’
२२ पुष २०७७, बुधबार १९:३२
काठमाडौं । संसद विघटन विरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथी बुधबार संवैधानिक इजलासमा सुनुवाइका क्रममा दुई वरिष्ठ अधिवक्ताहरुले ‘केपी ओली सरकारले अघिल्लो पटक महान्यायाधिवक्ता बनाएको मान्छेले निष्पक्ष निणर्य गर्लान भन्नेमा जनस्तरमा नै प्रश्न उठेको छ’ भन्ने धारणा राखे ।
लगत्तै प्रधानन्यायाधिश चोलेन्द्रशमशेर राणाले प्रतिक्रिया जनाए ‘किन हुँदैन ?’ तर, न्यायाधिश हरिकृष्ण कार्कीको निणर्यलाई निष्पक्ष मान्न नसकिने वरिष्ठ अधिवक्ता शम्भु थापा र दिनेश त्रिपाठीको अडान दोहोरिएपछि फेरी प्रधानन्याधिशले सोधे, ‘मलाई पनि केपी ओलीले प्रधानन्यायाधिश नियुक्त गरेको भन्छन, मेरो बारे पनि प्रश्न उठाउँने की ?’
संवैधानिक इजलासमा नै सुनुवाइका क्रममा प्रधानन्याधिशको सो आक्रोशपछि वरिष्ठ अधिवक्ता त्रिपाठीले प्रधानन्यायाधिश राणाको प्रश्नको जवाफ फर्काउदै प्रधानन्यायाधिशलाई प्रधानमन्त्रीले नभइ उनले नेतृत्व गरेको संवैधानिक परिषद्ले नियुक्त गर्ने बताए । वरिष्ठ अधिवक्ता त्रिपाठीले अगाडी भने, ‘संवैधानिक परिषद्बाट नियुक्त प्रधानन्यायाधिश प्रधानमन्त्रीप्रति जवाफदेही हुनु पर्दैन, संविधानप्रति जवाफदेही हुनुपर्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया