केपी ओलीलाई नेपाली सेनादेखि यी निकायको साथ, प्रचण्ड-माधवलाई सिधा काउण्टर!
२२ पुष २०७७, बुधबार १०:०६
काठमाडौं । प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री केपी ओलीलाई नेपाली सेनादेखि अन्य कैयौ निकायको समर्थन रहेको पाइएको छ ।
राष्ट्रपति, नेपाली सेना, निर्वाचन आयोग, न्यायलयसम्मले ग्रीन सिग्नल दिएपछि ओलीले विघटन गरेर मध्यावधि घोषणा गरेको खुलेको हो ।
कान्तिपुरका अनुसार आफ्नो निर्णयमा राष्ट्रपतिसँगै न्यायालय, निर्वाचन आयोग र नेपाली सेनाको उच्च नेतृत्वको समेत साथ रहने ठहर गरेपछि प्रधानमन्त्री अन्तिम कदम चाल्न उद्यत भएको विभिन्न स्रोतले पुष्टि गरेका छन् ।
खासमा प्रधानमन्त्री ओलीले वैशाखमै प्रतिनिधिसभा विघटनको तयारी गरेका थिए । तर त्यतिखेर उनले दल विभाजनलाई पहिलो र प्रतिनिधिसभा भंगलाई दोस्रो विकल्पमा राखे । पुस ५ अघि ओलीले पुस १ गते, गत साउन र वैशाखमा प्रतिनिधिसभा विघटन गर्ने प्रयास गरेका थिए ।
तर यो बीचमा उनको प्रयास आफ्नै समूहका नेताहरु, राष्ट्रपति र प्रधानन्यायाधीशका कारण सफल हुन सकेको थिएन । अहिले भने सबैले साथ दिएपछि ओली अघि बढेका हुन् । अब यसो हुँदा प्रचण्ड नेपाल समूहले ओलीको बाल पनि हल्लाउन नसक्ने टिप्पणी गरिन थालिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया