सडकबत्ती जडान गर्दा करेन्ट लागेर एक जनाको मृत्यु – Nagarikabhiyan : National News

सडकबत्ती जडान गर्दा करेन्ट लागेर एक जनाको मृत्यु

भक्तपुर । भक्तपुरमा सडकबत्ती जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

आज दिउँसो भक्तपुर नगरपालिका २ इतापाकोमा सडक बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर एक जना व्यक्ति तारमै अड्कीएको र अर्को पछारिएको भन्ने खबर पाएपछि प्रहरीले बिजुलीको लाइन काट्न लगाई एम्बुलेन्स सहित घटना स्थल पुगेको थियो । गम्भीर घाइते भएका दुबै जनालाई भक्तपुर अस्पताल पुर्याउँदा दोलखा मेलुङ गाउँपालिका ५ का २३ वर्षीय रामकुमार बुढाथोकीको मृत्यु भएको प्रहरीले जनाएको छ ।