साझा प्रकाशनमा निर्वाचनको प्रक्रिया शुरु
२१ पुष २०७७, मंगलवार १३:०८
काठमाडौं । आजदेखि साझा प्रकाशनको २४ औँ साधारणसभाअन्तर्गत सञ्चालक समितिको अध्यक्ष पदका लागि निर्वाचन प्रक्रिया शुरु भएको छ । अध्यक्षसहित ३ सञ्चालक सदस्यका लागि निर्वाचन प्रक्रिया शुरु भएकोमा ३ सदस्य निर्विरोध चयन भएकाले अध्यक्ष पदका लागि मात्रै निर्वाचन हुन लागेको हो ।
अध्यक्षमा सञ्चालक समितिका पूर्वसदस्यद्वय डा.विजय सुब्बा र डा.जीवनचन्द्र कोइरालाले उम्मेदवारी दिएका छन् । सञ्चालक सदस्यमा हरिप्रसाद भण्डारी, डिपी अर्याल र सीता ओझा निर्विरोध निर्वाचित भएका छन् ।
सदस्यमा उम्मेदवारी दिएका वियोगी बुढाथोकी, महेश प्रसाई, ज्ञानु अधिकारी र यशोदा अधिकारीले सहमतिमा उम्मेदवारी फिर्ता लिएका थिए । निर्वाचन समितिकाअनुसार पुष २१ देखि २४ गतेसम्म हरेक दिन बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म प्रकाशनको पुल्चोकस्थित कार्यालयमा निर्वाचनका लागि समय निर्धारण गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया