प्रचण्ड पत्नी सितालाई उपचारका लागि दिल्ली लैजाने तयारी
१९ पुष २०७७, आईतवार १९:२९
काठमाडौं। नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सिता दाहाललाई थप उपचारका लागि नयाँ दिल्ली लैजाने तयारी भएको छ । अहिले भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेकी सितालाई भोलि थप उपचारका लागि लैजाने भएको हो ।
सिताको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । उनलाई भोलि दिल्ली लैजाने निश्चित नभए पनि तयारी भने भइरहेको छ । सिता यसअघि पनि उपचारका लागि अमेरिका, सिंगापुर र भारत लगिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया