प्रतिनिधिसभा विघटनविरुद्ध २३ दल तथा संगठनको प्रदर्शन – Nagarikabhiyan : National News

प्रतिनिधिसभा विघटनविरुद्ध २३ दल तथा संगठनको प्रदर्शन

काठमाडौं  । प्रतिनिधिसभा विघटनविरुद्ध आइतबार विभिन्न २३ दल तथा संगठनले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)लगायत २३ दलीय मोर्चाको आयोजनामा प्रदर्शन भएको छ । मोर्चाले माइतीघरदेखि प्रधानमन्त्री केपी ओलीविरुद्ध नारावाजी गर्दै नयाँ बानेश्वर पुगेका छन् । उनीहरुले संसद विघटनलाई ‘प्रतिगमन उन्मुख फासीवादी कदम’ भनेको छ ।