सुनसरीका पाँच क्वारेन्टाईन खाली
२० बैशाख २०७७, शनिबार १६:३७
सुनसरी । सुनसरीको विभिन्न नगरपािलका र गाउँपालिकामा सञ्चालनमा रहेको क्वारेन्टाईनमा राखिएको नागरिकहरुको कोरोना रिर्पोट नेगेटिभ आएकाले सबैलाई घर पठाइएको छ ।
जिल्लाको इनरुवा नगरपालिकाको बस चौक क्वारेन्टाईन, वर्जु क्वारेन्टाईन देवानगञ्ज क्वारेन्टाईन, गढी क्वारेन्टाईन र रामधुनी नगरपालिकाको कृषि तालिम केन्द्र क्वारेन्टाईनमा राखिएको सबैको कोरोना परीक्षण गर्दा रिर्पोट नेगेटिभ आएकाले सबैलाई घर पठाइएको हो ।
इनरुवामा १ जना, रामधुनीमा ३६ जना, गढी ११ जना सहित सबैको रिर्पोट नेगेटिभ आएकाले सबैलाई घर पठाइएको बताइएको छ । धरान र इटहरीको क्वारेन्टाईनमा क्रमशः ७४ र ८२ जनालाई राखिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया