खाद्यान्नका पसल मूल्यसूची राखेर विहान ७ बजेदेखि ९ बजेसम्म खुल्ला गर्ने धरान उपमनपाको निर्णय
२० बैशाख २०७७, शनिबार १६:२७
सुनसरी । सुनसरीको धरान उपमहानगरभित्र खाद्यान्नका पसल मूल्यसूची राखेर खाद्यान्न, मासु र तरकारीका पसल विहान ७ बजेदेखि ९ बजेसम्म खुल्ला गर्ने निर्णय धरान उपमहानगरपालिकाले गरेको छ ।
धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीको अध्यक्षतामा बसेको बजार अनुगमन समितिको बैठकले उक्त निर्णय गरेको हो । खाद्यान्न विक्रि गर्ने पसललाई सुनसरी उद्योग वाणिज्य संघ धरानले मूल्यसूची उपलब्ध गराउने निर्णय समेत भएको छ ।
धरान उपमहानगर भित्र रहेका पसलले उद्योग वाणिज्य संघसँग समन्वय गरेर आफ्नो पसलमा मूल्य सूचि राख्न समेत उपमेयर भण्डारीले आग्रह गर्नुभएको छ ।
उपमहानगर भित्र रहेका खाद्यान्न, मासु, तरकारी पसलले अनिवार्य रुपमा मूल्यसूची राख्नुपर्ने प्रावधान छ । अनुगमनका क्रममा मूल्यसूचि नभेटिए कानुन बमोजिम तत्काल कारवाही गरिने धरान उममहानगरपालिकाका अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले बताउनुभयो । उहाँले उवा संघसँग समन्वय गरी मुल्यसूचि राख्न सुझाउनुभएको छ

फेसबुकबाट तपाईको प्रतिक्रिया