स्वास्थ्यमन्त्री त्रिपाठी र भारतीय राजदूत क्वात्राबीच भेटवार्ता – Nagarikabhiyan : National News

स्वास्थ्यमन्त्री त्रिपाठी र भारतीय राजदूत क्वात्राबीच भेटवार्ता

काठमाडौं  । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीसँग भारतीय राजदूत विनयमोहन क्वात्राले भेटवार्ता गरेका छन्। बिहीबार रामशाहपथस्थित मन्त्रालयमा पुगेर राजदूत क्वात्राले मन्त्री त्रिपाठीलाई भेटेका हुन् ।

भेटमा राजदूत क्वात्राले मन्त्री त्रिपाठीलाई बधाइ तथा कार्यकाल सफलताको शुभकामना दिएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार तथा हेरफेर गर्दा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रहेका त्रिपाठीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी दिइएको छ ।
राजदूत क्वात्रा र मन्त्री त्रिपाठीबीच द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको मन्त्री त्रिपाठीको सचिवालयले जनाएको छ ।