जङ्गली हात्ती (मकुना)को आक्रमणबाट फेरी एक जनाको मृत्यु
१४ पुष २०७७, मंगलवार २१:३०
इनरूवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका वार्ड नं. ५ मा जङ्गली हात्ती (मकुना)को आक्रमणबाट फेरी एक जनाको मृत्यु भएको छ ।
आइतबार राती साढे ८ बजे कोशी गाउँपालिका वार्ड नं. ५ बस्ने १९ वर्षीय मोती कामतको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।
पछिल्लो समय बढ्दै गएको हातीका आतंकका कारण कोशी गाउँपालिकाबासी चिन्तीत बनेका छन् ।
रातको समयमा जंगली हात्तीकोे कारण जाग्राम बसेपनि आफूहरु सुरक्षित नरहेको कोशी गाउँपालिका वार्ड नं ५ का मनोज यादवको भनाई छ ।
हात्तीको आक्रमणबाट कामतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
कोशी कटान स्थित सोमबार बिहानै देखी कोशी गाउँपालिकाका स्थानीयहरु महेन्द्र राजमार्ग ५ घण्टा सम्म विभिन्न किसिमका नाराबाजी गर्दै बाटो जाम गरेका थिए ।
हात्तीको आक्रमणबाट मृत्यु भएका मृतकको शव सहित आन्दोलनमा उत्रिएका हात्ती पीडितहरूले पूर्वपश्चिम सडक खण्ड समेत अवरुद्ध गरेका थिए ।
हात्ती पीडित, स्थानीयवासी, कोशीटप्पु वन्यजन्तु आरक्षका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेल, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख, कमल थापा लगातयतका जनप्रतिनिधि सहितको सर्वपक्षीय छलफल भएको छ ।
सर्वपक्षिय छलफलमा ०७७ साल मंसिर २९ गते कोशी गाउँपालिका वार्ड नं. ६ का प्रमोद यादव र सोमबार राती कोशी गापा वार्ड ५ का स्थानीय मोती कामतलाई जंगली हाती (मकुना) को आक्रमणबाट मृत्युु भएकोमा शोकाकुल परिवार प्रति हार्दिक समवेदना व्यक्त गर्दै विभिन्न निणार्य गरेका छन् ।
मकुना हात्ती नियन्त्रण गरी त्यसलाई आवश्यक व्यावस्थापन गर्न विभागका महानिर्देशक सँग फोन मार्फत छलफल हुँदा चितवन र विभागबाट विज्ञ टोली आजै झिकाई काम सुरु गर्ने वा मंसिर ३० गतेको निणर्य कार्यान्वयन गर्न विभागलाई निणार्य गरेका हुन् ।
भने दुवै घटनामा मृत्यू भएका नजिकको हकदारलाई कानुन बजोजिम पाउने राहत शिघ्र उपलब्ध गर्ने , हात्ती समबन्धी विज्ञ टोलीको दरबन्दी आरक्ष कार्यालयमा व्यवस्थ ागर्ने, जंगली हात्ती नियन्त्रण गर्न र पूर्वी बाँधमा रहेको सोलार बत्तीमा विद्युत्त सुचारु गर्ने निणार्य गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया