प्रधानमन्त्रीको निर्णय पक्षमा सुनसरीमा युवाहरु सक्रिय बन्दै – Nagarikabhiyan : National News

प्रधानमन्त्रीको निर्णय पक्षमा सुनसरीमा युवाहरु सक्रिय बन्दै

इनरुवा । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको निर्णयलाई स्वागत गर्नका लागि सुनसरीमा युवाहरु सक्रिय बन्न थालेको छ ।

संसद र पार्टी चल्नै नदिएपछि बाध्य भएर प्रधानमन्त्री तथा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको भन्दै सो निर्णयलाई स्वागत गर्नका लागि सुनसरीमा युवाहरु सक्रिय बन्न थालेको हो ।

राष्ट्रिय युवा संघ सुनसरीका ईञ्चार्ज देवानन्द मेहता, युवा नेता रमेशकुमार यादव, अञ्जनीकुमार पोखरेल, प्रलाद बस्नेत, ऋतिक यादव, रोशन रेग्मी लगायतका युवाहरुले सुनसरीको इटहरीमा जिल्ला स्तरीय बैठक बसी प्रधानमन्त्री ओलीले गरेको निर्णयलाई स्वागत गर्ने तयारी थालेको छ ।