संसद विघटनविरुद्ध प्रदेश २ मा विशाल प्रदर्शन (फोटोफिचर) – Nagarikabhiyan : National News

संसद विघटनविरुद्ध प्रदेश २ मा विशाल प्रदर्शन (फोटोफिचर)

जनकपुर । प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड–माधव समूहले प्रदेश नम्बर २ मा विशाल प्रदर्शन गरेका छन् । मंगलबार नेपाल कम्यूनिष्ट पार्टी नेकपाले प्रदेश नम्बर २ को सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा पनि प्रधानमन्त्रीको कदमको विराधमा बृहत प्रदर्शन गरेका हुन् ।

सप्तरीमा सो समूहका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेन्द्र पासवान, सिरहामा स्थायी समिति सदस्य तथा पूर्वमन्त्री विश्वनाथ साह, धनुषामा स्थायी समिति सदस्य गणेश साह, केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रामचन्द्र झा, पूर्वमन्त्री यदुवंश झा, महोत्तरीमा केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज राजु खड्का, सर्लाहीमा पूर्वमन्त्री रामेश्वर राय यादव, रौतहटमा स्थायी समिति सदस्य तथा पूर्वमन्त्री मातृकाप्रसाद यादव, बारामा केन्द्रीय सदस्य कमल न्यौपाने र पर्सामा केन्द्रीय सदस्य उर्मिला अर्यालय तथा नेकपा प्रदेश– २ समितिका ईन्चार्ज नागेन्द्र चौधरी सहितले सम्बोधन गरेका छन् । बृहत प्रदर्शनलाई तस्बिरमा हेरौं ।रातोपाटीबाट