परराष्ट्र सल्लाहकार राजन भट्टराईलाई किन हटाउँदैछन् प्रधानमन्त्री ओली? गोपाल खनाललाई ल्याउने तयारी – Nagarikabhiyan : National News

परराष्ट्र सल्लाहकार राजन भट्टराईलाई किन हटाउँदैछन् प्रधानमन्त्री ओली? गोपाल खनाललाई ल्याउने तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना परराष्ट्र सल्लाहकार राजन भट्टराईलाई पदबाट हटाउने भएका छन् । भट्टराईको कार्यकालमा परराष्ट्र नीति र कुटनीतिमा असन्तुलन बनेको भन्दै प्रधानमन्त्रीले हटाउने तयारी गरेका हुन् ।

ओलीले परराष्ट्र सल्लाहकारमा गोपाल खनाललाई ल्याउने तयारी गरेका छन् । खनाल यसअघि ओलीको पहिलो प्रधानमन्त्रीकालमा परराष्ट्र विज्ञ थिए । त्यतिबेला उनले कुशलतापूर्वक काम गरेका थिए ।

हालैमात्र प्रधानमन्त्री ओलीले चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग उपप्रमुखको टोलीसँग भट्टराईकै जोडबलमा भेटेका थिए । ओली चिनियाँ प्रतिनिधिमण्डलसँग भेट्न चाहँदैन्थे। तर भट्टराईको आग्रहमा भेटेका ओली भेटपछि असन्तुष्ट भएका थिए । भेटमा चिनियाँ प्रतिनिधिमण्डलले एकताका लागि दबाब दिने हिसाबले कुरा गरेपछि ओली असन्तुष्ट बनेका थिए । उनले अब आफू पछि हट्न नसक्ने बताएका थिए ।

यो त एउटा उदाहरण मात्रै हो । भट्टराईले कुटनीतिक असन्तुलन हुनेगरी भेटको कार्यतालिका मिलाउने, कुनै देशलाई बढी प्राथमिकता कुनै देशलाई प्राथमिकता नै नदिने गरेका थिए । यसबाट पछिल्लो समय ओली असन्तुष्ट रहँदै आएका छन् ।

 

त्यसो त भट्टराईले चीनबाट पैसा लिएर भारतको जासुसी गरिरहेको रिपोर्ट प्रमाणसहित छापिएका थिए । भट्टराईले श्रीमतीमार्फत चीनको लागि जासुसी गर्दै आएको रिपोर्टहरु आएका थिए । यसबाट पनि प्रधानमन्त्री ओलीको सन्तुलिन परराष्ट्र नीतिमा धक्का लागेको थियो । बालुवाटार स्रोत भन्छ, ‘छिट्टै प्रधानमन्त्रीज्यूले परराष्ट्र सल्लाहकार परिवर्तन गर्नुहुन्छ। गोपाल खनाललाई ल्याउने कुरा छ।