पश्चिमी वायुको सामान्य प्रभावका कारण पूर्व र पश्चिमका केही क्षेत्रमा मौसम आंशिक बदली – Nagarikabhiyan : National News

पश्चिमी वायुको सामान्य प्रभावका कारण पूर्व र पश्चिमका केही क्षेत्रमा मौसम आंशिक बदली

काठमाडौं । पश्चिमी वायुको सामान्य प्रभावका कारण पूर्व र पश्चिमका केही क्षेत्रमा आंशिक बदली भए पनि देशका अरु क्षेत्रको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले तराईका भूभागका थोरै स्थानमा बाक्लो हुस्सु–कुहिरो लागेको छ । अरु क्षेत्रको मौसम सामान्यतया सफा छ ।

शनिबार दिउँसो प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा छ ।

यस्तै राति गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रमा मौसम आंशिक बदली रहनेछ ।

यसैबिच चसो रहिरहने तथा तराई र पहाडि भूभागका केही स्थानमा बिहानीपख हुस्सु–कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

त्यस्तै आइतबार दिउँसो गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भू(भागमा आंशिक बदली रहनेछ । साथै राति बाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

यसैगरी सोमबार प्रदेश नं १, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । राति प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।