बढ्यो चिनियाँ राजदूतको सक्रियता, प्रचण्ड भेट्न खुमलटार पुगिन्
९ पुष २०७७, बिहीबार ११:५८
काठमाडौं । नेकपा कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चिनियाँ राजदूत होउ यान्छीले भेटवार्ता गरेकी छन् ।बिहीबार बिहान प्रचण्ड निवास खुमलटार पुगेर नेकपा अध्यक्ष प्रचण्डलाई भेटेकी हुन् ।
राजनीतिक रूपमा विभाजित भइसकेको नेकपाका अध्यक्ष प्रचण्डसँग राजदूत यान्छीले आघा घण्टा कुराकानी गरेकी थिइन् । यान्छी बिहमन ९ बजे प्रचण्ड निवास खुमलटार गरेकी थिइन् । उनीहरूबीच समसामयिक विषयमा कुराकानी भएको जनाइएको छ ।यसअघि चिनियाँ राजदूत यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेकी थिइन् । राष्ट्रपतिसँग भेट्न राजदूत यान्छी मंगलबार साँझ ६ बजेतिर शीतल निवास पुगेकी थिइन् ।
नेपालमा विकसित भएको राजनीतिक घटनाक्रम र सत्तारुढ नेकपामा विभाजन देखिएका बेला राजदूत भेटवार्ताका लागि पुगेकी हुन् । नेकपा भित्रको आन्तरिक विवाद बढिरहेका बेला राजदूत यान्छीको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यअिघि राजदूत यान्छीले नेकपाभित्रको विवादमा चासो देखाउँदै आएकी थिइन । यसअघि पनि नेकपामा विवाद चुलिँदा राजदूत यान्छीको सक्रियता बढ्ने गरेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया