खाल्डोमा डुबेर बालिकाको मृत्यु
८ पुष २०७७, बुधबार १८:५०
जनकपुरधाम । पानी जमेको खाल्डोमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
महोत्तरीको एकडारा गाउँपालिका वडा नं.२ बस्ने राजु रामकी १ वर्षीया छोरी अस्मिताको आफ्नै घर पछाडि खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुधबार दिउँसो १ बजेतिर खाल्डोमा डुबेर सिकिस्त भएकी बालिकालाई उपचारका लागि जिल्ला अस्पताल जलेश्वर लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।
शवलाई परीक्षणका लागि जिल्ला अस्पतालमै राखिएको छ भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया