संसद विघटनविरुद्ध वीरगञ्जमा जसपाको प्रदर्शन
८ पुष २०७७, बुधबार १७:१४
पर्सा । प्रतिनिधिसभा विघटन गरिएको विरुद्धमा जनता समाजवादी पार्टी (जसपा) पर्साले वीरगञ्जमा विरोध प्रदर्शन गरेको छ । जसपाको पूर्व निर्धारित विरोध कार्यक्रमअन्तर्गत बुधबार वीरगञ्जमा विरोध प्रदर्शन गरिएको हो ।
विरोध प्रदर्शनमा सहभागि जसपाका नेता तथा कार्यकर्ताहरूले असंवैधानिक तथा अलोकतान्त्रिक कदम खारेज गर, वीर सहिद अमर रहुन, निरंकुश प्रधानमन्त्री मूर्दावाद, संघीय लोकतान्त्रिक गणतन्त्र जिन्दावाद, सांसद रेशम चौधरीसहित राजबन्दीहरू रिहा गर, झूठो मुद्दा खारेज गर लगायतको नारा लगाएको थिए ।

वीरगञ्जको घण्टाघर चोकबाट निकालिएको विरोध जुलुस नगर परिक्रममा पश्चात पुनः घण्टाघर चोकमै पुगि कोणसभामा परिणत भएको थियो । कोण सभामा बोल्ने वक्ताहरुले असंवैधानिक र अलोकतान्त्रिक ढङ्गले संसद विघटन गरिएकोले पुनर्स्थापनाको माग गरेका थिए ।
लामो समयको संघर्ष र कयौं पटकको आन्दोलनले बलिदानी दिएर जनताले ल्याएको लोकतन्त्र र संविधानमाथि प्रधानमन्त्री केपी शर्मा ओलीको प्रहार कदापी सहन हुन नसक्ने संविधानसभा सदस्य प्रदीप यादवले बताए । उनले भने,‘सर्वोसत्तावाद तथा संसदलाई कुण्ठित बनाउन असंवैधानिक तरिकाबाट राष्ट्रपति र प्रधानमन्त्रीले विघटन गरेका संसद पुनर्स्थापना गर्नुपर्ने बताए ।
कोणसभामा जसपाका केन्द्रीय सदस्य शिव पटेलले प्रधानमन्त्री ओलीले संसद विघटन गरी गैरजिम्मेवारी काम गरेको आरोप लगाए । उनले नेपालको लोकतान्त्रिक प्रकृयामाथि अघात पु¥याई राष्ट्र र जनतालाई अन्योलमा पार्ने काम गरिएको र त्यो सविधान विरोधी रहेको बताए ।
अहिलेको संविधानले नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाएको छ, तर निरंकुश प्रधानमन्त्रीले संसद विघटनको कार्य निन्दनीय रहेको बताउँदै उनले भने, सविधानको मर्म र भावना विपरित गरिएको कार्यलाई सुधार गर्दै संसद विघटन होइन पुनर्स्थापना गर्नुपर्छ ।

प्रदेश सांसद प्रहलाद गिरीले प्रधानमन्त्रीले चालेको गैर प्रजातान्त्रिक र गैर संवैधानिक कदमविरुद्ध सडक संघर्षमा उत्रिएको बताए । उनले भने, ‘वर्तमान अवस्थामा जनताको आवाज विलन्द गरिरहेको अवस्थामा संसद विघटन गरेर चुनावमा जान सकिदैन, त्यसैले राष्ट्रपति र प्रधानमन्त्रीले चालेको संसद विघटन पुनर्स्थापन गर्नुपर्छ ।
विरोध प्रदर्शनमा निलम्बित सांसद हरिनारयण रौनियार, प्रदेश सांसद रमेश कुर्मी, वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी, जिल्ला समन्वय समितिका पर्साका प्रमुख नेकमहमद अन्सारी, नेजामुदिन सम्मानी, रामनरेश यादव, ओमप्रकाश सर्राफ, राजेशमान सिंह, तबरेज अहमद, लगायतको सहभागिता रहेको थियो । द नेपालटपबाट


फेसबुकबाट तपाईको प्रतिक्रिया