प्रधानमन्त्री ओलीलाई भेट्न गृहमन्त्री बादल बालुवाटारमा – Nagarikabhiyan : National News

प्रधानमन्त्री ओलीलाई भेट्न गृहमन्त्री बादल बालुवाटारमा

काठमाडौं । कुनै समूहमा नदेखिएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बालुवाटार गएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् ।

संसद विघटन र मध्यावधि निर्वाचनको घोषणापछि ओली वा प्रचण्ड–माधव नेपालमध्ये कुनै समूहमा नदेखिएका उनले बुधबार ओलीलाई भेटेका हुन् । बादल पक्षका नेताहरुले नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डलाई साथ दिन दबाब दिइरहेका छन् भने उनले कुनै निर्णय गरिसकेका छैनन् ।

पुल्चोकस्थित मन्त्री क्वार्टरमा पुगेर मंगलबार बिहान प्रचण्डले बादललाई भेट्दै आफूलाई साथ दिन आग्रह गरेका थिए । तर उनी उपस्थित भएनन् । बुधबार ओलीलाई भेटन उनी बालुवाटार पुगेपछि बादल कता लाग्ने हुन् चर्चा हुन थालेको छ ।