धरान उपमहानगरपालिकाले लकडाउनलाई कडा – Nagarikabhiyan : National News

धरान उपमहानगरपालिकाले लकडाउनलाई कडा

इनरुवा ।  कोभिड–१९ कोरोना भाइरसको संक्रमण बढेसँगै धरान उपमहानगरपालिकाले लकडाउनलाई कडा पारेको छ ।

पछिल्लो समय कोरोना संक्रमणको हटस्पटको रुपमा एक नं. प्रदेश भएपछि धरान उपमहानगरपालिकाले लकडाउन कार्यान्वयनलाई थप कडाइ गरेको हो । तरकारी बोकेर मंगलबार विहानको राती धरान प्रवेश गरेका ५ वटा गाडीलाई धरान उपमहानगरपालिकाले नियन्त्रणमा लिएको छ ।

धरान उपमहानगरपालिकाको टोलीले राती २ बजेसम्म तिनकुने नाकामा बसेर उक्त तरकारीका गाडीहरु नियन्त्रणमा लिएको हो । तरकारी लिएर आएका व्यापारीले कहाँबाट ल्याएको भन्ने कुराको प्रमाण दिन नसकेको, बिल बिनाका तरकारी ल्याएको र धरान स्थित कृषि बजारसँग समन्वय नगरी तरकारी ल्याएकोले नियन्त्रणमा लिनु परेको धरानका नगर प्रहरी इन्चार्ज विष्णु कोइरालाले जानकारी दिनुभयो ।

बिल बिना तथा कृषी बजारको समन्वय विना तरकारी बोकेका गाडीहरु धरान आउँदा गाडी कहाँबाट आएको हो भन्ने यकिन नहुने भएकोले कोरोना संक्रमणको जोखिम हुने धरान उपमहानगरापालिकाकी उपमेयर मञ्जु भण्डारीले बताउनुभयो