राजनीतिक इतिहासमा तेस्रो पटक संसद विघटन !
५ पुष २०७७, आईतवार १२:०४
काठमाडौं । नेपालको राजनीतिक इतिहासमा तेस्रो पटक संसद विघटनको घटना दोहोरिएको छ ।
आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको प्रस्ताव गरेका छन् ।
यसअघि नेपालको प्रजातान्त्रिक राजनीतिक इतिहासमा २०४८ सालमा नेपाली काँग्रेसले पाएको बहुमत सरकारले २०५१ मा संसद विघटन गरेको घटना फेरी दोहोरिएको हो ।
त्यसबेला पनि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आफ्नो दलको बहुमतको सरकारलाई निरन्तरता नदिई संसद विघटन गरि मध्यावधी निर्वाचन घोषणा गरेका थिए ।
अहिले प्रधानमन्त्री ओलीले नेकपाको झण्डै दुई तिहाईको राजनीतिक मजबुदीलाई पुनः तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले झै संसद विघटन गर्ने निर्णयमा पुगेका छन् ।
योसँगै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको किचलो भुसको आगो झै सल्किएको छ भने अन्ततः संसद विघटनसम्म पुगेको छ ।
यसअघि नेकपा एमाले नेतृत्वमा गठित तत्कालिन अल्पमतको सरकारले पनि २०५४ मा संसद विघटनको सिफारिस गरेको थियो । तत्कालिन प्रधानमन्त्री ममोहन अधिकारीले संसद विघटनको सिफारिस गरेपनि सर्वोच्च अदालतले त्यसलाई असंवैधानिक ठहर गर्दै संसद पुनर्स्थापन गरिदिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया