मोटरसाइकल चोरी आरोपमा दुई पक्राउ – Nagarikabhiyan : National News

मोटरसाइकल चोरी आरोपमा दुई पक्राउ

राजविराज । मोटरसाइकल चोरी गरेको आरोपमा सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ६ बिरेन्द्र बजारबाट आज साँझ दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

स्थानीय एक होटल अगाडी रोकी राखिएको को २६ प ६६९१ नम्बरको मोटरसाइकल चोरी भएपछि खोज्तालास गर्ने क्रममा दुई जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

चोरीको आरोपमा स्थानीयले मोटरसाइकल सहित दुबैजनालाई नियनत्रणमा लिई प्रहरीको जिम्मा लगाएपछि अनुसन्धान कार्य सुरु गरिएको ईलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ ।

चोरीको आरोपमा पक्राउ परेका युवाहरू राजबिराज नगरपालिकाको रहेको जनाइए पनि उनीहरुको नाम भने प्रहरीले खुलाएको छैन ।

मोटरसाइकल चोरीको शंकामा पक्राउ परेको बारेमा छानबिन तथा अनुसन्धान भईरहेको प्रहरी नायव निरीक्षक अमिरी यादवले बताउनुभयो ।

केही दिन यता सप्तरीको बिरेन्द्रबजार र बिरेन्द्र बजारदेखि उतरपटी चुरै जङगलमा अस्थित शिवशनिधाम पर्यटक क्षेत्रमा आउनेहरुको मोटरसाइकल चोरी हुनथाले पछि प्रहरीले सो क्षेत्र लगायतका ठाउामा अनुसन्धान सुरु गरिएको स्थानिय बृजमान तामाङले जानकारी दिनुभयो ।