सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा पेसीमा – Nagarikabhiyan : National News

सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा पेसीमा

काभ्रेकी पूर्णिमाया लामाले सभामुख अग्नि सापकोटाविरुद्ध दिएको मुद्दा आज संवैधानिक इजलासमा पेसी चढेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासमा दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ न्यायाधीश छन् ।

यो मुद्दाको अन्तिम पटक पेसी ०७६ फागुन ३० गते चढेको थियो । त्यसपछि चैत्र ९ गतेबाट अदालतमा लकडाउन सुरु भयो । त्यसपछि एकै पटक साउनमा केही मुद्दा पेसी चढेको थियो  । तर, अदालतले त्यसलाई शून्य समय मान्यो । रातोपाटीमा लेखीएको छ । कतिसम्म भने करलाई समेत शून्य समय मानियो । भदौमा सरकारले लकडाउन खुकुलो बनाउने निर्णय ग¥यो । यसपछि अदालतले पेसी चढ्ने मुद्दालाई पहिलो महिना मान्यो । र पेसी चढाउन थाल्यो । सापकोटाविरुद्धको मुद्दामा त्यही भदौ महिनाले लिएको पेसीको मिति आज परेको हो ।

संयोग के भने नेकपाभित्रको अन्तर संघर्ष पेचिलो बनिरहेको र सभामुख सापकोटा संवैधानिक परिषद्को बैठकमा समेत नगएको अवस्थामा मुद्दा पेसीमा चढेको हो । सर्वोच्च अदालतका सञ्चारविज्ञ किशोर पौडेलले नियमित प्रकृयाअनुासर नै सापकोटाविरुद्धको मुद्दा पेसी चढेको बताए ।

प्रधानन्यायाधीश वा अदालतले चाहेर आफू खुशी मुद्दाको पेसी चढाउन मिल्दैन । सापकोटाको मुद्दामा तीन वटा पक्ष छन् । एक पूर्णीमाया आफैं हुन् । दोस्रो यो मुद्दामा सरकार जोडिएको छ । तेस्रो सापकोटासहित पूर्वमाओवादी पार्टी जोडिएको छ । उनीहरु सबैले पेसी लगेका छन् । त्यही अन्र्तगत पेसी चढेको छ । तर, पेसी चढे पनि मुद्दाको किनारा लाग्ने सम्भावना न्यून रहेको बताइएको छ ।