खानेपानीमन्त्रीको नाममा नक्कली ट्वीटर एकाउण्ट – Nagarikabhiyan : National News

खानेपानीमन्त्रीको नाममा नक्कली ट्वीटर एकाउण्ट

काठमाडौं । खानेपानी मन्त्री बिना मगरको नाममा नक्कली ट्वीटर एकाउण्ट खोलिएको छ ।

मन्त्रीको नाममा नक्कली ट्वीटर एकाउण्ड खोलिएको र उक्त एकाउण्ड बन्द गरिदिन नेपाल प्रहरीको साइबर ब्यूरोमा गराइको मन्त्रीको सचिवालयले जनाएको छ ।

खानेपानी मन्त्री मगरको नामबाट नक्कली ट्वीटर एकाउण्ट बनाई अनावश्यक विषयहरु ट्वीटरमार्फत् पोष्ट गरिएको सम्बन्धमा भ्रमित नहुन अपिल जारी गरेको छ ।

ट्वीट गरिएका कतिपय विषयले आम मानिसमा भ्रम सिर्जना गरेकाले यस्तो नक्कली एकाउण्ट बन्द गरिदिन नेपाल प्रहरीको साइबर ब्यूरोमा अनुरोध गरिएको मन्त्रीको निजी सचिव गुणराज श्रेष्ठद्वारा जारी गरिएको अपिलमा भनिएको छ ।

‘मन्त्रीज्यूको नाममा खोलिएको नक्कली ट्वीटर एकाउण्ट @magarbina123 बाट अनावश्यक विषयहरु ट्वीट गरी सञ्चार जगत र आम नागरिकहरुमा भ्रम सिर्जना गरिएकाले उक्त एकाण्ट बन्द गर्न प्रहरीमा अनुरोध गरिसकिएको छ,’ निजी सचिव श्रेष्ठले भने ।

‘उक्त नक्कली ट्वीटरमा पोष्ट गरिएका सामग्रीबाट भ्रमित नहुन सञ्चारकर्मी एवं सम्पूर्ण नेपालीहरुमा अनुरोध गर्दछौं,’ श्रेष्ठद्वारा जारी गरिएको अपिलमा भनिएको छ । द नेपालटप