बिभिन्न मुद्दामा पक्राउ परेका प्रतिवादीहरुलाई सजाय – Nagarikabhiyan : National News

बिभिन्न मुद्दामा पक्राउ परेका प्रतिवादीहरुलाई सजाय

राजविराज । सप्तरी प्रहरीले बिभिन्न मुद्दामा पक्राउ गरेका प्रतिवादीहरुलाई जिल्ला अदालत सप्तरी सजाय सुनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बिभिन्न समयमा लागु औषध, बहुविवाह तथा जबरजस्तीकरणी मुद्दामा पक्राउ परेकाहरुलाई अदालतले सजाय गरेको हो ।

लागुऔषध मुद्दामा २०७७ असोज २४ गते पक्राउ परेका जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा नं. ३ बस्ने राजेश कुमार साहलाई सप्तरी जिल्ला अदालतले २ हजार जरिवाना र २ महिना विभिन्न मुद्दामा पक्राउ परेकाहरुलाई अदालतबाट कैद र जरिवाना कैदको फैसला सुनाएको प्रहरी नायव उपरिक्षक भुवनेश्वर साहले जानकारी दिनुभयो ।

त्यस्तै सोही मुद्दामा २०७७ कात्तिक ३ गते पक्राउ परेका राजबिराज नगरपालिका वडा नं.४ निवासी मो.समिर अन्सारीलाई जिल्ला अदालतले १ महिना १५ दिन कैदको फैसला गरेको छ ।

यस्तै बहुविवाह मुद्दामा साविकको बनौली गाविस वडा नं. १ निवासी सुन्दर कुमार लौगीलाई ६० हजार जरिवाना र रेखा सन्तलाई ४० हजार धरौटी लिई तारेख रिहा गर्ने अदालतले फैसला गरेको प्रहरीले जनाएको छ ।

उनीहरु बिरुद्ध साविकको ठेलिया गाबिस वडा नं. ९ निवासी प्रमिला मण्डलले २०७७ कात्तिक ३० गते जाहेरी दिएकी थिइन् ।

यसैगरी शम्भुनाथ नगरपालिका वडा नं. २ निवासी एक महिलालाई जबरजस्तीकरणी गरेको मुद्दामा शम्भुनाथ नगरपालिका वडा नं. ५ निवासी गोताई राम चमारलाई अदालतको ८ बर्ष कैद र १० हजार जरिवाना तोकेको छ ।