जङगली हातीले अतङकित
३० मंसिर २०७७, मंगलवार १७:२४
राजविराज । कोशी टप्पु वन्यजन्तु आरक्षबाट दैनिक निस्किने जङगली हात्तीको कारण चिसो मोसममा पनि जागराम बस्नुपर्ने बाध्यता रहेको छ ।
पछिलो पटक सोमबार सप्तरीको सुरुङगा नगरपालिकास्थित दौलतपुरमा जंगली हातीको आक्रमणमा परि एक जना बृद्धको मृत्यु भएको छ ।
जिल्लाको सुरुङगा नगरपालिका वडा नं. ३ दौलतपुरमा राती उठेर पिसाफ र्फेन घरबाहिर निस्केका बेला जङगलबाट निस्केको दुई वटा हात्तीले एक्कासी लखेटेपछि भाग्ने क्रममा स्थानिय बस्ने ७० बर्षिय सिताराम साहको लडर मृत्यु भएको छ ।
लडेर अचेत अवस्थामा भेटिएका उनको तत्काल उपचारको लागि सिराहा स्थित सप्तऋषी अस्पताल लहान लगेपनि उपचारको क्रममा मृत्यु भएको थियो ।
केही दिन यता कोशी टप्पुवन्यजनतु आरक्षबाट दैनिक निस्केका जङगली हात्तीको कारण जिल्लाको सुरुङगा,रुपनी,शम्भुनाथ,कंचनपुर ,रुपनगर र वेरवा सहितका ठाउँका मानिसहरु रातीको समयमा पनि जागराम बस्नुपरेको बिरेन्द्र बजारका स्थानिय बृजमान तामाङले गुनासो गर्नुभयो ।
हात्तीले दैनिक आतङ मचाउदै आएका अवस्थामा कुन बेला हाम्रो तिर अउने हो भन्दै रातको समयमा जागेर बस्नुपर्ने बाध्यता रहेको उहाँले भन्नुभयो ।
यस्तै सप्तरीको सुरुंगा नगरपालिका ६ श्रीपुरमा विगत केही दिन देखि हात्ती आतंक बढेको छ ।
राति करीब १२ बजेको समयमा ३ वटा हातीको समुहले ५ जनाको घरमा तोडफोड गरी अन्नपात खाएको स्थानिय रवीलाल चौधरीले बताउनुभयो ।
हातीको समुहले २ दिन रातीदेखि पटक पटक गाउँ पसेर आतंक मचाईएको उहाँले जानकारी दिनुभयो ।
हात्तीले स्थानिय ईन्द्र नारायण चौधरी,उमाकान्त चौधरी,भोला प्रसाद चौधरी, शिव नारायण राम र बद्री नारायण साह लगायतका घर तोडफोड समेत गरेका छन ।
यसबाट बच्ने उपाई छिटो भन्दा छिटो खोज्ने त्यसतर्फ सबै मिलेर लाग्नु पर्ने नगरप्रमुख मुक्तनाथ चौधरीले बताउनुभयो ।
यस्तै कोशी टप्पु बन्य जन्तु आरक्ष क्षेत्रबाट निस्केको जंगली हात्तीले दुई दिन अघि मात्रै राती सप्तरीको शम्भुनाथ नगरपालिकाको आधा दर्जन घर भत्काउनुका साथै लाखौंको अन्नबाली नष्ट गरेको छ ।
हात्तीको समूहले शम्भुनाथ नगपालिका वडा नं. २ र ७ मा आधा दर्जनभन्दा बढी फुसको घर भत्किनुका साथै लाखौंको खाद्यान्न र खेतमा लगाइएका अन्नबाली नष्ट गरेका छन ।
चार÷पाच वटा समुहमा रहेको हात्तीले शम्भुनाथ नगरपालिका २ का मो. जाहागिर, मो. असराद्दिन, मो. हजरादिन तथा वडा न. ७ का सिमरित दास, सुकमार दास, भिम दास, राजकुमार दास, काशीकुमार दास लगायतको घर भत्काइदिएको पीडितहरुले बताएका छन् ।
हात्तीको आंतकपछि गाउँले त्रासमा जाग्राम बस्न समेत थालेका छन् । सो क्षेत्रका बालबालिका पनि घर बाहिर निस्कन डर मानिरहेका छन् ।
हात्ती आंतकबाट सर्वाधिक प्रभावित मानिएको शम्भुनाथ नगरपालिका, कंचनरुप नगरपालिका, सुरुङ्गा नगरपालिका, सप्तकोशी नगरपालिका, खडक नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, रुपनी गाउँपालिका र अग्निसाइर कृष्णासवरण गाउँपालिकाका बासिन्दाहरुले वर्षौदेखी नियन्त्रण र क्षतिपूर्ती माँग गर्दैै स्थानिय प्रशासन र आरक्ष प्रशासनलाई ज्ञापनपत्र बुझाएपनि हाल सम्म कुनै ठोस पहल नभएको उनीहरुको गुनासो छ ।
कोशी टप्पु बन्य जन्तु आरक्षका हात्तीले ६ महिना यता मात्रै जिल्लामा दर्जनौ घरहरु भत्काएर लाखौ मुल्यको क्षति पु¥याएको प्रहरी तथ्याङ्कले देखाएको छ ।
गैहु बाली खान र चिसो मोसमा हात्ती धरै बाहिर निस्कने भएकाले अहिलेको समयमा जिल्लाको पश्चिमी ,पुर्वी तथा उतरी भेगमा हात्तीले फेरि आतङ मचाउन थालिएको स्थानियबासीहरुको भनाई छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया