झडपमा महिलाको मृत्यु – Nagarikabhiyan : National News

झडपमा महिलाको मृत्यु

राजविराज । सार्वजनिक पोखरीमा माछा मार्ने विषयमा सप्तरीको बोदेबर्साइनमा विवाद भएर झडप हुँदा आज बिहान एक जना महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बोदेबर्साइन नगरपालिका–३ की ४५ वर्षीया गंगियादेवी मण्डल रहको प्रहरी नायव उपरिक्षक भुवनेश्वर साहले बताउनुभयो ।

सो झडपमा अन्य चार जना घाइते समेत भएको प्रहरीले जनाएको छ । त्यसमा एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी नायव उपरिक्षक साहका अनुसार सार्वजनिक पोखरीमा माछा मार्ने विषयमा आइतबार दिउँसो स्थानीयबीच विवाद भएको थियो ।

सो विवाद बढ्दै जाँदा राति सम्म दोहोरो झडप भएको जनाइएको । दुवै पक्षले बन्चरो, भाटा लगायतका घरेलु सामग्री बोकेर झडपमा उत्रिएपछि झन बादविवाद उग्ररुप लिएको थियो ।

सोही झडपको क्रममा घरेलुहतियार प्रहार भएर घाइते भएकी गंगियादेवीको आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

यता घटनामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको र घटना बारे थप अनुसन्धान कार्य थालिएको प्रहरी नायव उपरिक्षक साहले जानकारी दिनुभयो ।