तराई मधेसमा बाक्लो हुस्सु र कुहिरोसँगै जाडो बढयो – Nagarikabhiyan : National News

तराई मधेसमा बाक्लो हुस्सु र कुहिरोसँगै जाडो बढयो

राजविराज । सप्तरी सहित तराई मधेसमा बाक्लो हुस्सु र कुहिरोसँगै अत्याधिक चिसो बढेको छ ।

बिगत दुई÷तिन दिनदेखि मोसामा एक्कासी परिर्वतन आएर तराई मधेसमा बाक्लो हुस्सु र कुहिरोसँगै अत्याधिक चिसो बढेपछि जनजिवन कष्टकर बन्दै गएको छ ।

मङसिरको अन्तिम सातादेखी सप्तरीसहित तराई मधेसको प्रदेश नं. २ अन्र्तगतका ८ वटै जिल्लामा बिहान र साँझ बाक्लो हुस्सु र कुहिरो लाग्ने गरेको पाइएको छ ।

सप्तरी सहित तराई मधेसमा वहानैदेखी दिनभर नै बाक्लो हुस्सुसँगै कुहिरो लागेको कारण अत्यधिक जाडो समेत बढेको हनुमानगर कंकालनी नगरपालिका वडा नं. २ की ७० बर्षिय बृद्धा कलमवतीदेवी बडियैत यादवले बताउनुभयो ।

बाक्लो हुस्सु र कुहिरो लागेपछि आमसर्वसाधरणहरु समेत सप्तरी सहित तराईका विभिन्न स्थानका चौक तथा गाउँ ठाँउहरुमा आगो बालेर अहिले बस्न थालेका छन् ।

साथै चिसोका कारण पुर्व–पश्चििम राजमार्गको सडक तथा साहायक राजमार्गको सडकमा बाक्लो हुस्सु र कुहिरो लागेपछि सडकमा हिड्न र सवारी चालकहरुलाई समेत सवारी साधन चलाउन पनि समस्या हुन थालेको सवारी चालक सदानन्द यादवले बताउनुभयो ।

सप्तरीको विभिन्न ठाँउमा आइतवारदेखि बढेको चिसोको कारण सडकमा बाक्लो हुसेका कारण हिडदा न्यानो लुगा लगाएर मात्र हिड्ने गरेको समेत पाइएको छ ।

जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार पुष महिनाको अन्तिम साता सम्म नै तराईका विभिन्न स्थानमा बाक्लो हुस्सु र कुहिरो लाग्ने जनाएको छ ।

आज÷भोली अहिले राम्रोसँग घाम नलाग्दा पनि तापक्रममा गिरावट हुदा चिसो नै रहने देखिएकोले अत्यधिक जाडो बढेको कारण चिसोबाट बच्ने उपायहरु अपनाउन जिल्ला प्रशासन कार्यालय सप्तरीले आम जनसमुदायिलाई एक सुचना प्रकाशित गरि आग्रह गरिएको छ ।

बाक्लो हुस्सु र कुहिरोसँगै अत्याधिक चिसो बढेकोले तराईका जनजिवन कष्टकर बन्दै गएको छ ।

हुस्सु र कुहिरोले हुने चिसोको प्रभावबाट बच्न मानिसहरु घरमै न्यानो लुगा लगाएर बस्ने गरेको छ । तर गरिव परिवारलाई न्यानो लुगा नभएका करण उनीहरु कष्टकरजिवन बिताउन समेत समस्या हुने गरेको पिडितहरुबाट बुझिएको छ ।

शितलहरले सबै भन्दा बढी विपिन्न गरिब दलितहरुको जनजीवनलाई बढी प्रभावित पारेको छ । खासगरी डोम, मुसहर र दलित वर्ग लगायतका बस्तीहरुमा शितलहरले बृद्ध,बृद्धा, बालबालिका तथा महिलाहरुको विचल्ली भएको छ ।

मध्य मधेसका डोम, मुसहर, बाँतर, दुषाधसहितका जाती र जुनसुकै जातका ब्यक्ति भएपनि आर्थिक स्थिती कमजोर भएकाहरुलाई नै शितलहरले बढी सताउने गरेको छ ।

खासगरी उनीहरुसँग शितलहर थेग्ने पक्की घर र न्यानो लुगाको अभाव हुने गरेको हुनाले झन चिसोको समयमा जाडो छल्न कुनै उपाय नभएका कारण झन समस्या हुने गरेको पिडितहरुले बताएका छन ।

‘दिनभरिको मिहिनेत मजदुरी गरेर दुई छाक टार्न समस्या भईरहेको अवस्थामा कहाँबाट न्यानो लुगा खरीद गर्नु ?’, डोम जातीका अगुवा युक्ति मरिकले भन्नुभये ‘सप्तरीमा मात्रै हामी जस्ता हजारौं नेपालीलाई न्यानो लुगाको खाँचो छ, हावा छेक्ने घर छैन ।’ शितलहरकै कारण आफू जस्ता कमजोरी आर्थिक श्रोतका नेपाली जनताहरु अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता रहेको उहँको भनाई छ