लैगिंक हिसां बिरुद्धको अभियानमा बिभिन्न कार्यक्रम
२१ मंसिर २०७७, आईतवार १७:५९
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा बिभिन्न कार्यक्रम गरी लैगिंक हिंसा बिरुद्धको १६ दिवसीय अभियान गरेको छ । गाउँपालिकाले दिवसको १२ औं दिन अन्र्तक्रिया गोष्ठी र सचेतनामूलक कार्यक्रम गरिएको छ ।
भोक्राहामा गाउँपालिकाको आयोजनामा लैगिंक तथा महिला बिरुद्ध हुने हिंसा नियन्त्रणमा स्थानीय सरकोरवालको भूमिका र अभियान बिषयम सचेतनामूलक अन्तरक्रिया कार्यक्रम आईतवार सम्पन्न् भएको छ । सम्पन्न कार्यक्रममा सहजकर्ता जयकृष्ण यादवले घरेलु हिंसा, लैगिंक हिंसा र सामाजिक हिंसा सहेर नबसी उजुरी गर्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए ।
यादवले सहभागिहरुलाई लैगिंक हिंसाको अवस्था, लैगिंक हिंसाबाट हुने असर, लैगिंक हिंसा निवारणका लागि चाल्नुपर्ने कदम र १६ दिवसीय अभियानको आवश्यकता र औचित्यको बारेमा जानकारी गराएका थिए । सहभागिहरुसँग अन्तरक्रियात्मक र प्रश्न उत्तर शैलीमा सवालहरुको उत्थान गर्दै छलफल सहित प्रशिक्षण दिएका थिए । कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादवले हिंसा र पीडा सहेर बस्नु भन्दा उजुरी गर्ने परिपार्टीको विकास गर्नुपर्ने बताउनुभयो । यादवले नागरिक अभियान र दवावबाट नै बलत्कार र घरेलु हिंसा तथा तेजाब आक्रमण बिरुद्धको कानून आएको र बलत्कार बिरुद्धको थप कडा कानून आएपनि पूर्ण कार्यान्वयनमा समस्या रहेको गुनासो बढेकाले कार्यान्वयन गर्ने निकायहरुले पूर्ण ध्यान दिनुपर्ने बताउनुभयो । यादवले कानूनी उपचारको लागि प्रचार प्रसार गर्नुपर्ने , हिंसा पीडितलाई न्याय र राहत दिनुपर्ने, पीडितलाई क्षतिपूर्ती वापत दिने रकमको लागि पीडित राहत कोषमा बजेटको ब्यवस्था संघीय सरकारले गर्नुपर्ने सुझाव दिनुभयो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पुनम कुमारी मेहताले लैगिंक हिंसा न्यूनीकरणका लागि नागरिकमा जनचासो र जागरुकता आवश्यक रहेको बताउनुभयो । मेहताले केही कानून महिलामैत्री भएपनि कार्यान्वयनमा चुनौती देखिएको र पालिकामा न्यायिक समितिमा मेलमिलाप गर्ने र फैसला गर्ने उजुरीको सवालमा आफूले कार्यान्वयन गरिरहेको बताउनुभयो ।
त्यस्तै वडा नम्बर २ का वडाध्यक्ष आलम अन्सारीले समाजमा महिला तथा लैगिंक हिंसा नियन्त्रणका लागि ब्यक्ति आफै र परिवारबाट हिंसामा परेकाले त्यसको न्यूनीकरण सोही बिन्दुबाट हुनुपर्ने जोड दिनुभयो । 
कार्यक्रममा गाउँपालिकाकी रोजगार संयोजक शोभा मेहता, समाजसेवी गोभा दाहाल, वडा सदस्यहरु, सहित जनप्रतिनिधहरुको सहभागिता रहेको थियो ।
यता सुनसरी सदरमुकाम इनरुवा २ र ७ मा गैर सरकारी संस्था महासंघ र इनरुवा नगरपालिकाको आयोजनामा दिवसकै अवसरमा वडा स्तरीय कानूनी साक्षरता कार्यक्रम सम्पन्न भएको छ । सम्पन्न भएको कानूनी साक्षरता कार्यक्रममा सरिता घिमिरे कार्की, रमेश भट्टराई, मेघराज न्यौपाने, टिका दाहाल र सरस्वती लुईटेल लगायतकाले सरोकारवालाहरुलाई प्रशिक्षण दिनुभएको थियो ।

उता गढी गाउँपालिका ३ छिटाहामा समेत अन्तरक्रिया तथा सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । युथ क्रिएसन सुनसरीको आयोजनामा लैगिंक हिंसा बिरुद्धको १६ दिने अभियान कार्यक्रम अन्र्तगत किशोरी सचेतना कार्यक्रम सम्पन्न भएको छ । सम्पन्न कार्यक्रममा आयोजक संस्थाका पिताम्बर ठाकुुर र पत्रकार जयकृष्ण यादवले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा पालिकाका महिला तथा किशोरी समुहका पिंकी साह, जुनी साह, सम्झना साह, बन्दना कुमारी, सुर्ती, आरती, अन्जु, अन्जना, कौशल्या , सन्ध्या, रन्जना साह र बिनिता उराँव सहितकाले किशोरी शिक्षा र प्रजनन स्वास्थ्यको बारेमा बोलेका थिए । कार्यक्रम लिड एण्ड डिसाईड परियोजना अन्र्तगत सम्पन्न् गरेको आदर्श युवा तथा किशोरी संस्थाकी अध्यक्ष पिंकी साहले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया