सुटिङको क्रममा बरुण, अनिल र नीतुलाई कोरोना पुष्टि
१९ मंसिर २०७७, शुक्रबार १९:१९
काठमाडौं । बलिउड स्टार वरुण धवन, नीतु कपुर र अनिल कपुरलाई कोरोना संक्रमण भएको छ।
फिल्म ‘जुग जुग जियो’ सुटिङको क्रममा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो । फिल्मको सुटिङका क्रममा उनीहरु पछिल्लो समय चन्डीगढमा थिए। फिल्मका निर्देशक राज मेहतामा समेत कोरोना देखिएको छ ।
कलाकार ठिक भएर रिपोट नेगेटिभ नआउन्जेलका लागि फिल्मको सुटिङ पनि रोकिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया